February 23, 2025, 2:23 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु

भदौ २२, २०८१ मा प्रकाशित | १३००दर्शक तीव्रखबर

झापा – झापाको बिर्तामोडमा एक बालकको डेंगु सङ्क्रमणका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो ।

सुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको थियो। लगत्तै उनलाई बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको थिए।

बिर्तामोडमा उपचार सम्भव नभएपछि बालकलाई उपचारका लागि नोबेल हस्पिटल विराटनगर लगिएको थियो । उपचारकै क्रममा हिजो उनको मृत्यु भएको न्यूटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईँले बताए ।

ती बालक न्यूटन्स एजुकेसन एकेडेमीमा कक्षा १ मा अध्ययनरत थिए । योसँगै यस वर्ष झापामा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

प्रतिक्रिया