February 23, 2025, 7:43 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

करिब चार लाख बराबरको लत्ताकपडा बरामद

भदौ २०, २०८१ मा प्रकाशित | १२१०दर्शक तीव्रखबर

सुनसरी । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका-४ मेहता टोलबाट भाद्र १९ गते करीव ४ लाख ४२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।

सोही ठाउँ बस्ने सुनिल मेहताको घरमा अबैध रुपमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी, प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बिओपी साहेवगंज, नेपाल प्रहरी र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले लत्ताकपडा बरामद गरेको हो ।

बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईको छ ।

प्रतिक्रिया