February 23, 2025, 9:51 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

भदौ २०, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौँ । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।
एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षिय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
गोली चलाउने बालकपनि सोहि विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन् ।
प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारवाही गर्ने बताएको छ ।
अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गर्दछन । २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औ घटना हो । यस अघि २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने २०२२मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए ।
राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया