February 23, 2025, 7:05 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

९० अंकले घट्यो सेयर बजार, १२ अर्बमा झर्यो कारोबार

भदौ १९, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौं : सेयर बजारमा उच्च अंकले गिरावट आएको छ। कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक ९०.७३ अंकले  घटेर २७३९.४६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ३.२३ प्रतिशतले घटेर ४८८.७१ विन्दुमा पुगेको छ।

यसदिन ३२० स्क्रिप्सको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँमा खरिदबिक्री भयो। उच्च अंकले गिरावट आएको सेयर बजारमा पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

एक्सेल डेभलपमेन्ट बैंक,विन नेपाल लघुवित्त वित्तीय संस्था,सामुदायिक लघुवित्त वित्तीय संस्था,समाज लघुवित्त वित्तीय र इस्टर्न हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कुमारी इक्विटी फण्डका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० अर्ब ५२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एक्सिल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख मूल्यको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको २९ करोड,एनएलजी इन्स्योरेन्स  र सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सको २८/२८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज सबै समूहको उपसूचक राताम्मे देखिएका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.१५ प्रतिशतले घट्यो। कारोबारमा आएका स्टक्समध्ये ३१ वटाको मूल्य बढ्दा २१३ वटाको घट्यो।

प्रतिक्रिया