September 20, 2024, 4:30 pm
» नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति » सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ » रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी » राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

काबुलमा आत्मघाती हमला, छ जनाको मृत्यु, १३ घाइते

भदौ १७, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम विष्फोटमा परी छ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “आज दिउँसो शरीरमा विस्फोटक पदार्थ लगाएका एक व्यक्तिले विस्फोट गराएका छन् ।”

उहाँले भन्नुभएको छ, “दुर्भाग्यवश, आक्रमणमा एक महिलासहित छ जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।”

आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।

जादरानका अनुसार यो घटना दक्षिणी काबुल क्षेत्र काला–ए–बख्तियारमा भएको थियो र अनुसन्धान जारी छ।

अफगानिस्तानमा सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि विदेशी सेना र इस्लामिक विद्रोहीबीचको दुई दशक लामो युद्ध अन्त्य भएको र हिंसामा कमी आएको छ ।

  • यद्यपि इस्लामिक स्टेट खोरासान (इस्लामिक स्टेटको क्षेत्रीय शाखा) अफगानिस्तानमा सक्रिय छ र यसले नियमित रूपमा नागरिक, विदेशी र तालिबान अधिकारीहरूलाई बन्दूक र बम आक्रमणको निशाना बनाउँदै आएको छ।(रासस/एएफपी)

प्रतिक्रिया