February 23, 2025, 2:07 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

एक करोडको लागतमा वडा भवनको निर्माण शुरु

भदौ १६, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

रौतहट । रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका वडा ४ को भवन निर्माण कार्य सुरु भएको छ। मेयर रिना कुमारी साहको विशेष पहलमा वडा ४ को कार्यालय प्रयोजनको लागि २ तले भवनको निर्माण कार्य प्रारम्भ भएको हो ।
मेयर साहले एक समारोहकाबीच उक्त भवन निर्माणका लागि  शिलान्यास गरेकी थिइन् ।
करीब १ करोड रुपैयाँको लागतमा निर्माण भईरहेको भवनको ठेक्का एनएम कन्स्ट्रक्सन सर्लाहीले जिम्मा पाएको छ । उक्त भवनको  निर्माण कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने समझौता भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।
भवन निर्माण पछि वडा ४ को सम्पूर्ण सेवा त्यहीँबाट प्रवाह हुने बताईएको छ ।

प्रतिक्रिया