February 23, 2025, 6:48 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

इराकमा भएको सैन्य कारबाहीमा १४ आइएस लडाकूको मृत्यु

भदौ १४, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

पश्चिमी इराकी प्रान्त अनबरको मरुभूमिमा भएको सैन्य कारबाहीमा इस्लामिक स्टेट (आइएस) का १४ लडाकू मारिएको इराकी सेनाले शुक्रबार जनाएको छ ।

दुई महिनाको अनुगमनका आधारमा सेनाले बिहीबार बिहान ४ बजे आइएसका लडाकूहरू लुकेका ठाउँहरूमा हवाई हमला गरेको थियो ।

हवाई आक्रमण र झडपका क्रममा कस्ल १४ आइएस लडाकू मारिएको सेनाले विज्ञप्तिमा भनेको छ । यसमध्ये केहीले विस्फोटक बेल्ट लगाएका थिए र हाते ग्रिनेड बोकेका थिए । गुप्तचरहरूले थपे कि मारिनेहरूमा महत्त्वपूर्ण आइएस नेताहरू पनि रहेका थपेका थिए ।

सन् २०१७ मा आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार भएको छ । यद्यपि आइएसहरू सहरी केन्द्र र मरुभूमि क्षेत्रहरूमा लुकेका छन् ।

प्रतिक्रिया