February 23, 2025, 6:42 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

शरणार्थी शिविरमा इजरायली आक्रमण हुदाँ तीनको मृत्यु

भदौ ६, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

वेस्ट बैङ्कस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको कब्जा गरिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले भने सशस्त्र आतङ्कवादीहरूमाथि आक्रमण गरिएको बताएको छ ।

उत्तरी वेस्ट बैङ्कको तुलकेरेम शिविरमा भएको आक्रमणको क्रममा तीन जनाको मृत्यु भएको रमल्लाहस्थित मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत बताउनुभयो ।

इजरायली सेनाले तुलकेरेममा राति ‘आतङ्कवाद विरोधी अभियान’ सञ्चालन गरेको बताएको छ ।    विज्ञप्तिअनुसार इजरायली सैन्य विमानले सशस्त्र आतङ्कारीहरूमाथि आक्रण गरेको र स्थल सैनिकहरूले यस क्षेत्रमा सडकमुनि राखिएको विस्फोटक पदार्थहरू फेला पारेका थिए ।  अगस्टमा वेस्ट बैङ्कमा इजरायली आक्रमणले प्रति दिन औसतमा एकजना प्यालेस्टिनीको ज्यान गएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ ।

सन् २००० को दशकको सुरुमा प्यालेस्टिनी विद्रोहको दोस्रो इन्तिफादाको समयमा वेस्ट बैङ्कमा इजरायली हवाई आक्रमणहरू बारम्बार हुने गरेको थियो ।

लामो समयको युद्धविरामपछि अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले गाजा पट्टीमा पुनः युद्ध निम्त्याउँदा पछिल्लो समयमा इजरायली कब्जामा रहेको वेस्ट बैङ्कमा हिंसात्मक गतिबिधिहरू बढिरहेका छन् ।

प्रतिक्रिया