September 19, 2024, 10:03 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

लागुऔषधको डिलर पक्राउ, निजगढमा लागुऔषधको कारोबारी र प्रयोगकर्ताहरुको संख्यामा वृद्धि

भदौ ६, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

सुरुची भण्डारी, बारा । बारा रौतहटलगाएतका जिल्लामा लामो समयदेखि अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका एक व्यतिmलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषधको बिभिन्न मुद्धामा फरार रहेका रौतहट फतुवा बिजयपुर-७ घर भएका ध्यानी राउत कुर्मिको छोरा २४ बर्षीय रामबिनय प्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

पटेलबिरुद्घ बिभिन्न जिल्लामा पक्राउ पुजी जारी भएतापनि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको भने थिएन तर बुधबार ईलाका प्रहरी कार्यालय निजगढका प्रहरीले उनलाई बाराको निजगढ नगरपालिका-९ सहिद चोकबाट नियन्त्रण लिन सफल भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरिक्षक सुमित कुशवाहले जानकारी दिए ।

यसअघि प्रहरीले गत असार १ गते निजगढ नगरपालिका ७ घर भएका ३३ बर्षिय बिकास रुम्बालाई पक्राउ गरेको थियो । प्रहरीले रुम्बासंग २५० पिस लागुऔषध ट्रामाडोल टैबलेट सहित पक्राउ गरेको थियो । रुम्बाले पटेलसंग टैबलेट खरिद गरि निजगढका बिभिन्न प्रयोगकर्तालाई बिक्रिबितरण गर्ने काम गर्दै आएका थिए । रुम्बाकै बयानको आधारमा निजगढ प्रहरीले उनलाई प्रक्राउ गरेको हो । उनी ईलाका प्रहरी कार्यालय निजगढको लागुऔषध मुद्धा नम्बर ८० को चालु मुद्घाका फरार प्रतिबादी हुन ।
यस्तै पर्सा प्रहरीले गत साउन १३ गते निजगढ नगरपालिका-९ घर भएका ४३ वर्षीय गणेश पाण्डे र मिलन पाण्डेलाई एक लाख १७ हजार पिस लागुऔषध ट्रामाडोल टैबलेट सहित पक्राउ गरेको थियो । उनीहरुले भारतबाट नेपाल लागुऔषध भित्राउदै गर्दा प्रहरीले उनीहरु सवार गाडी सहित पक्राउ गरेको थियो ।

पछिल्लो समयमा बाराको निजगढबाट लागुऔषधको कारोबारमा संग्लन गरेको व्यतिmहरु पक्राउको सिलसिलाले समेत यस क्षेत्रमा लागुऔषधको कारोबारी र प्रयोगकर्ताहरुको संख्यामा वृद्धि भएको देखाएको हो । यस क्षेत्रबाट भारत तर्फ विशेष गरी लागुऔषध गाजा नियात हुने गरेको छ भने भारतबाट नेपालमा लागुऔषध ट्रामाडोल टैबलेटलगाएत आयत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया