February 23, 2025, 9:33 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

नागढुंगा पहिरो अपडेट: सडक एकतर्फी खुल्यो

भदौ ५, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगा नजिकै पहिरो खस्दा अवरुद्ध रहेको सडक एकतर्फी खुलेको छ ।
त्रिभुवन राजपथ अन्तर्गत काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित नागढुंगा झ्याप्ले खोला नजिकै बिहान करिब दश बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।
अहिले धादिङ र काठमाडौं तर्फका डोजरले पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु भएको प्रहरीले जनाएको छ ।
पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिँदा सडक अवरुद्ध खुलाउन समय लागेको छ । सडक पूर्ण रुपले सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया