September 20, 2024, 12:37 pm
» रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ? » रौतहटमा फैलियो झाडा पखला » जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ » सहकारी ठगीमा फरारहरु खुलेआम : यस्ता छन् फरारहरुको नाम लिष्ट » पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

भारतीय प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमणमा

भदौ ५, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

नयाँदिल्ली, : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पोल्यान्ड र युक्रेनको भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।

कूटनीतिक सम्बन्धको ७० बर्ष पूरा गरेको अवसरमा भ्रमणका लागि नयाँ दिल्लीबाट पोल्याण्ड प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले आगामी दिनमा दुई देशसँगको सम्बन्ध  जीवन्त  बनाउन तत्पर रहेको बताउनुभएको छ ।

यसैक्रममा उहाँले पोल्याण्ड मध्य युरोपको प्रमुख आर्थिक साझेदार रहेको जनाउँदै लोकतन्त्र र बहुलवादप्रति आपसी प्रतिबद्धताले सम्बन्धलाई अझ सुदृढ पार्ने उल्लेख गर्नुभयो ।

उहाँले प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडालाई भेटवार्ता गरी साझेदारीलाई अगाडि बढाउनका लागि उत्सुक रहेको बताउँदै पोल्यान्डमा भारतीय समुदायसँग पनि साक्षातकार हुने विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निमन्त्रणामा पोल्यान्ड भ्रमणपछि उहाँ युक्रेन जाने कार्यक्रम तय भएको छ । भारतीय प्रधानमन्त्री मोदीको यो पहिलो युक्रेन भ्रमण हुनेछ ।

युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि द्विपक्षीय सहयोगलाई बलियो बनाउन राष्ट्रपति जेलेन्स्कीसँग पहिलेको सम्झौतालाई अगाडि बढाउने अवसरको प्रतिक्षामा रहेको प्रधानमन्त्री मोदीले बताउनुभएको छ ।

प्रधानमन्त्री मादीले भ्रमणले दुई देशसँगको सम्पर्कको निरन्तरताको रूपमा काम गरी आगामी दिनमा जीवन्त सम्बन्धको जग निर्माण गर्न मद्दत गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री मोदीलाई वार्सामा औपचारिक स्वागत गरिनेछ । पोल्यान्डको भ्रमणपछि, प्रधानमन्त्री मोदी युक्रेनको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । युक्रेनमा युक्रेनी नेतृत्वसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानउन्मुख वार्ता गर्ने जनाइएको छ ।

प्रधानमन्त्री मोदी  पोल्याण्ड र युक्रेनको भ्रमणको उदेश्यमा नेतृत्वसँग छलफल, भारतीय समुदाय, व्यापारीसँगको अन्तरक्रिया समावेश भएको विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयस्वालले  सामाजिक सञ्जाल एक्समार्फत जनाउनुभएको छ ।

प्रतिक्रिया