September 16, 2024, 7:43 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

विश्वमा मंकीपक्सको संक्रमण बढ्दै, कंगोमा अहिलेसम्म ५७० जनाको मृत्यु

भदौ ४, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौँ । विश्वमा मंकीपक्स (एमपक्स) को संक्रमण लगातार बढिरहेको छ । अफ्रिकी देश कंगोमा १६ हजारभन्दा बढीलाई मंकीपक्सको संक्रमण भएको छ ।
मिडिया रिपोर्टका अनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ । कंगोली सरकारले अमेरिका र जापानबाट खोप मागेको छ ।
मंकीपक्सको संक्रमण अफ्रिकी देशहरुमा लगातार बढेपछि विश्व स्वास्थ्य संगठनले हालै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा यो रोग सुरु भएपछि छिमेकी देशहरूमा फैलिएको छ । अमेरिकाले कंगोलाई संक्रमणसँग लड्नका लागि ५० हजार खोप दिन आग्रह गरेको बताइएको छ । जापानले सोमबार मात्र बालबालिकाका लागि ३५ लाख खोप उपलब्ध गराउने बताएको छ ।
विश्व स्वास्थ्य संगठनले यो रोगसँग लड्न नयाँ निर्देशिका पनि जारी गरेको छ । मंकीपक्सको प्रकोप हुने क्षेत्रमा खोप लगाउने रणनीति अपनाउनुपर्ने डब्लुएचओले जनाएको छ । संगठनले मंकीपक्स र यसको फैलावटका घटनाहरूको छानबिन गर्न पनि आग्रह गरेको छ। डब्ल्यूएचओले स्वास्थ्य विभागलाई हरेक हप्ता नयाँ केसको रिपोर्ट तयार गर्न भनेको छ ।
मंकीपक्स पीडितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान, अनुगमन र सहयोग गर्नुपर्ने संस्थाले जनाएको छ । साथै संक्रमित मानिसहरूलाई खाना र अन्य सहयोग उपलब्ध गराउन तयार रहन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया