December 23, 2024, 1:29 pm
» रवि लामिछानेको सांसद पद निलम्बित » पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते » निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग » एम्बाप्पेको सानदार गोलमा रियलको जित

कस्तो छ आजको मौसम पूर्वानुमान ?

भदौ २, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहेको छ ।कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया