September 20, 2024, 6:46 am
» प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान » भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! » पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित » कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु » सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

युक्रेनद्वारा रूसी सहर सुड्झासहित दर्जनौँ वस्ती कब्जा

साउन ३२, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

किएभ,  : युक्रेनले रूसको पश्चिमी कुर्स्कमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको दाबी गरेको छ ।

युक्रेनका शीर्ष कमाण्डर ओलेक्सान्डर सिर्स्कीले यस सैन्य सिविरबाट रूसमाथि आक्रमण जारी रहेको बताउनुभएको छ ।

सिर्स्कीका अनुसार पश्चिमी कुर्स्क  क्षेत्रमा खोलिएको यो कार्यालयले कानून र व्यवस्था कायम राख्नेछ र जनताको तात्कालिक आवश्यकताहरू पूरा गर्नेछ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा कार्यालय निर्माण गरिएको उल्लेख गर्नुभएको छ ।

यसैबीच, रूसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको कदमप्रति प्रतिक्रिया व्यक्त गर्दै कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताउनुभएको छ ।

युक्रेनले पनि बिहीबार रूसी क्षेत्रमा लाभ हासिल गरेको दाबी गरेको थियो । जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुस्र्क क्षेत्रमा ३५ किलोमिटरसम्म प्रवेश गरेको छ । उनीहरूले ८२ बस्तीसहित १,१५० वर्ग किलोमिटर क्षेत्र ओगटेका छन् ।

युक्रेनको रुसमाथि भएको यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमण हो । तर युक्रेनले भने रूसी भूमि कब्जा गर्न इच्छुक नरहेको बताएको छ ।

युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ह्योरही टाइकीले बुधबार एक वक्तव्य जारी गर्दै रूसलाई शान्ति स्थापनाका लागि दबाब दिने प्रयासअन्तर्गत उक्त आक्रमण भएको बताउनुभएको थियो ।

प्रतिक्रिया