February 23, 2025, 10:37 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

मोटरसाइकल दुर्घटना : पैदलयात्री र चालकको मृत्यु

साउन ३१, २०८१ मा प्रकाशित | ९००दर्शक तीव्रखबर

काठमाडौं । झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे६प ८३२० नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा पैदलयात्री र चालकको ज्यान गएको हो।
पैदलयात्री मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार मेचीनगर ९ का २९ वर्षीय मन्दिप मेचे र २५ वर्षीय सागर मेचे घाइते भएका थिए। घाइतेमध्ये सागर मेचे र पैदलयात्री युवकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो।
अर्का घाइते मन्दिप मेचेको बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया