September 20, 2024, 12:05 am
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

इञ्जिनियर भट्टको भारतमा निधन

साउन ३१, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

डडेल्धुरा । डडेल्धुराका घर भएका इञ्जिनियर प्रमोद जोशीको भारतमा निधन भएको छ।
अमरगढी नगरपालिका–८ टाँटरका ५३ वर्षीय जोशीको भारतको सिक्किममा मृत्यु भएको हो।
इञ्जिनियरसमेत रहेका जोशीले हालको संसद भवन अर्थात् त्योबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणको काम गरेका थिए। उनले गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि काम गरिसकेका थिए।
विद्यावारिधी गरेपछि पछिल्लो समय सिक्किममै काम गर्दै आएका जोशीको ह्रदयघातका कारण मृत्यृ भएको अमरगढी नगरपालिका–८ का वडा अध्यक्ष नरबहादुर साँकीले बताए। उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको छ।

प्रतिक्रिया