February 24, 2025, 12:13 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

राष्ट्रिय सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले उत्तर टेबुल गर्ने

साउन ३१, २०८१ मा प्रकाशित | ८९०दर्शक तीव्रखबर

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्दैँछ, सो  बैठक दिउँसो सवा १ बजेका लागि बोलाईएको छ ।

आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया