February 24, 2025, 12:14 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

बालेन रापले आफैं जल्दै प्रधानमन्त्री ओली !

साउन ३०, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा एमालेका अध्यक्ष खड्कप्रसाद ओली प्रधानमन्त्री बनेपछि काठमाडौंका मेयर बालेन शाहसँगको दुरी झन् बढेको छ ।

पहिलेदेखि नै आफूविरुद्ध मोर्चा कसेको  थाहाँ पाएका मेयर बालेन पनि प्रधानमन्त्री ओलीसँग नजिक समेत हुन नखोजेको र ओलीले उनलाई सकेसम्म ठेगान लगाउन पार्टी पंक्तिलाई उचालेका कारण राजधानी शहरका मेयर र कार्यकारी प्रमुखबीच दुरी झन् बढेको हो ।

गत बुधबार काभा महिला भविबलको फाइनल खेल हेर्न जाने भनेका प्रधानमन्त्री ओलीले मेयर बालेन पनि त्यहाँ रहेको थाहाँ पाएपछि कार्यक्रम रद्द गरेको बुझिएको छ ।

त्यसअघि गत आइतबार जावलाखेलमा भोटो देखाउने जात्रामा सहभागी हुने क्रममा दर्शकले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री ओलीलाई हुटिङ गर्ने र काठमाडौंका मेयर बालेनलाई हाईहाई गर्ने गरेका थिए ।

बालेनको पक्षमा नाराबाजी भएपछि प्रधानमन्त्री ओलीले ललितपुरका मेयर चिरिबाबुलाई भनेर मेयर चिरिबाबुले नगर प्रहरी लगाएर बालेनको पक्षमा  नाराबाजी गर्न रोक्नु परेको थियो ।

सोही घटनाबाट तर्सिएका ओलीले सानो कभर्डहलस्थित आफ्नो बेइज्जत हुने ठानेर भलिबल हेर्न नगएको बुझिएको छ । तर, भन्ने बेलामा चाहीँ हेलिकप्टर दूर्घटनाको दुःखले नगएको भनिएको छ ।

प्रधानमन्त्री ओली मेयर बालेनसँग यति आत्तिएका छन् कि उनले धरहराको पार्किङ समेत महानगरपालिकालाई नदिने र ठेक्कामा लगाएर पैसा उठाउने भनेका छन् ।

यसो भन्नुको पछाडि बालेनसँगको रीस हो भनिएको छ । उनले वडाध्यक्षहरुदेखि महानगरपालिकाका पूर्व एमाले पदाधिकारीहरुलाई समेत बालेन विरुद्ध भए नभएको बकवास गर्न निर्देशन दिएका छन् ।

तर, पूर्व मेयर केशव स्थापितले भने ओलीलाई ठाडै केटा (बालेन) ले ठीक गर्दैछ भनेर आफू निर्वाचित मेयर विरुद्ध नउत्रिने जवाफ दिएको पनि बुझिएको छ । नेपाली पत्रका साथमा । 

प्रतिक्रिया