September 20, 2024, 3:52 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

सुडानमा सरकारी सेनाको अनुपस्थितिमा नै युद्धविराम वार्ता सुरु हुने

साउन ३०, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

जेनेभा,  : सुडानी सरकार नरहने तयारी गरे पनि अमेरिकी मध्यस्थतामा रहेको सुडान युद्धविराम वार्ता स्विट्जरल्याण्डमा बुधबारदेखि शुरु हुने भएको छ ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले विनाशकारी द्वन्द्वबाट तहसनहस भएका सुडानका जनताले अब पर्खन नसक्ने भन्दै वार्ता अघि बढ्ने बताउनुभएको छ ।

सन् २०२३ को अप्रिलदेखि सुडानका वास्तविक शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध चलिरहेको छ ।

आरएसएफको प्रतिनिधिमण्डल अज्ञात स्थानमा बन्द कोठामा हुने वार्ताका लागि स्विट्जरल्याण्डमा छ तर सरकार निकट सुडानी सशस्त्र बल (एसएएफ) ले निमन्त्रणा स्वीकार गरेको छैन ।

१० दिनसम्म चल्ने उक्त वार्ताका लागि साउदी अरब र स्विट्जरल्याण्डले संयुक्त रूपमा मध्यस्थता गरेका छन् भने अफ्रिकी सङ्घ, इजिप्ट, संयुक्त अरब इमिरेट्स र संयुक्त राष्ट्रसङ्घ पर्यवेक्षकका रूपमा उपस्थित छन् ।

सुडानमा चलिरहेको हिंसात्मक द्वन्द्वले संसारकै सबैभन्दा खराबमध्ये एक मानिएको मानवीय सङ्कट निम्त्याएको छ ।

यस द्वन्द्वका कारण हरेक  पाँच सुडानीमध्ये एक जना आफ्नो घर छोड्न बाध्य भएका छन् भने दशौं हजारको मृत्यु भइसकेको छ । देशभरका दुई करोड ५० लाखभन्दा बढी अर्थात् आधाभन्दा बढी जनसङ्ख्या भोकमरीको चपेटामा परेको छ ।

“ अहिले शान्ति स्थापनाका लागि उपयुक्त समय हो,” पेरिएलोले मङ्गलबार भन्नुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म एसएएफले भाग लिन मानेको छैन । यद्यपि हामी हाम्रा अन्तर्राष्ट्रिय र प्राविधिक साझेदारहरूसँग सुडानका जनतालाई समर्थन गर्न सबै विकल्पहरू खोजी गर्न अघि बढ्नेछौं”, उहाँले भन्नुभयो, “सरकारलाई ‘अवसरको फाइदा उठाउन’ आग्रह गर्दछौँ ।”

प्रतिक्रिया