February 24, 2025, 1:32 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

साउन ३०, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौँ, : नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गर्नुभएको छ ।

खुमटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

यसबाट अन्तर्राष्ट्रिय जगत्मा  नेपालको गरिमा बढेको राजदूत भोल्कले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले नेपाल-अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँको कूटनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया