February 23, 2025, 6:23 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

बन्चरो प्रहारबाट बुबाको हत्या

साउन ३०, २०८१ मा प्रकाशित | ९००दर्शक तीव्रखबर

सिन्धुली । सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुबाको ज्यान गएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेका थिए। उनको घटना स्थलमै ज्यान गएको थियो।

घटनाको खबर प्राए लगत्तै प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृतसहितको टोली खटिएकोमा विकलाई बन्चरोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया