February 23, 2025, 6:36 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका २ जना पक्राउ

साउन २८, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

काठमाडौं । ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभा खादवारी नगरपालिका-५ भोटेबास घर भई हाल काठमाडौं महानगरपालिका-१८ बस्ने २५ वर्षीय मिङमा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनीहरुले काठमाडौं महानगरपालिका-२५ उग्रतारा मन्दिर अगाडि २४ वर्षीय पुरूषलाई शुक्रबार राति खुकुरी प्रहार गरी घाइते बनाई वारदात पश्‍चात फरार रहेका थिए ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पुरानो बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

प्रतिक्रिया