February 23, 2025, 10:13 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्न अर्को व्यवस्था गरौं : गगन थापा

साउन २४, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्ने गरी नयाँ व्यवस्था गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा बिहीबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्ने अर्को व्यवस्था गर्नुपर्ने बताएका हुन्।

उनले भ्रष्टाचारजन्य कसुरमा कुनै हदम्याद नराख्ने पहिलेकै व्यवस्थालाई कायम राख्नुपर्ने उल्लेख गरे। थापाले सम्पत्ति विवरण नबुझाउनेको जरिवानालाई बढाउनुपर्ने सुझाव दिए।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा गैरकानुनी सम्पत्ति आर्जनको हदम्याद ५ वर्ष बनाउन प्रस्ताव गरिएको छ। त्यस्तै पदीय हैसियतको दुरुपयोग गर्नेलाई पनि कारबाही गर्ने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया