September 16, 2024, 7:48 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

सन्दर्भ विश्व नेत्ररोग विशेषज्ञ दिवसः सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

साउन २४, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

चितवन, : आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशिक्तले सेवा दिँदै आएका छन् ।

नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष प्राडा मिनु चौधरी नेपालमा चार सय ८२  मात्रै नेत्र चिकित्सक रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको पछिल्लो जनसङ्ख्याको हिसाबले तीन हजारभन्दा बढी नेत्र चिकित्सक आवश्यक पर्दछ ।

अर्काेतर्फ भएका चिकित्सकहरु पनि सहर केन्द्रित छन् । प्राडा चौधरीका अनुसार काठमाडौँमा मात्रै ६० प्रतिशत चिकित्सकले सेवा दिन्छन् । बाँकी ४० प्रतिशत पनि देशका प्रमुख सहरका अस्पतालहरुमा सेवा प्रदान गर्दछन् ।

सोसाइटीमा दर्ता भएका चिकित्सकमध्ये एक सय हाराहारी नियमित काममा छैनन् । बीस प्रतिशत हाराहारी विदेश भएको अनुमान छ । उहाँ भन्नुहुन्छ, “सहज आँखा उपचारका लागि चिकित्सकको सङ्ख्या बढाउनुपर्नेमा पर्छ ।”

सन् १९८७  देखि नेपालमा आँखा उपचारका लागि विशेषज्ञ चिकित्सक (अप्थाल्मिक साइन्सक) को अध्ययन–अध्यापन सुरु भएको हो । आँखाका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शिक्षण संस्थामा सिट सङ्ख्या बढाएर थप जनशक्ति उत्पादनमा लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको जनशक्ति निकै कम छ, यसलाई बढाउन लाग्नुपर्छ ।”

ग्रामीण क्षेत्रका बासिन्दाले सेवा पाउन अझै कठिन छ । विभिन्न अस्पताल र सामाजिक सङ्घसंस्थाले गाउँगाउँमा लैजाने शिविरको भरमा ग्रामीण क्षेत्रको आँखा उपचार धानिँदै आएको छ ।

देशभर आँखा उपचारको सञ्जाल फैलाएको नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्त सेवा विस्तार गर्दै गर्दा आँखा उपचार सेवाका लागि दक्ष जनशक्ति पाउन कठिन हुने गरेको बताउनुहुन्छ ।

देशभर २८  अस्पताल र एक सय ६०  आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको सङ्घका अस्पतालहरुमा एक सय हाराहारी चिकित्सक कार्यरत छन् ।

उहाँका अनुसार स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छभने ५१ लाख ३३ हजार ६ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । गत वर्ष सङ्घको नेटवर्कमार्फत ३३ लाख दुई सय ३१ जनाको आँखाको परीक्षण गरिएको छभने दुई लाख ६७ हजार एक सय ३५ जनाको आँखाको शल्यक्रिया भएको छ ।

अध्यक्ष पन्तले सकेसम्म ग्रामीण क्षेत्रसम्म सेवा दिएको जानकारी दिँदै आर्थिक, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीका अभावमा चाहे जति आँखा सेवा  गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा द्रुत गतिमा विस्तार गर्दैछौँ, दक्ष जनशक्तिको अभाव छ ।”

कतिपयलाई अस्पतालहरुले ‘फेलोसिप’ दिएर पढ्न पठाउने गरेको उहाँको भनाइ छ ।  अध्यक्ष डा पन्त पढाइरहेको सिट सङ्ख्या वृद्धि गरेर चिकित्सकको सङ्ख्या बढाउनुपर्ने सुझाव दिनुहुन्छ अझै पनि सङ्घीय राजधानीबाहिर चिकित्सकको अभावमा आम नागरिकले सहज उपचार पाउन सकेका छैनन् ।

आँखा रोगको उपचार समयमा हुन सकेमा अन्धोपन हुनबाट बचाउन सकिन्छ । नेत्र सहायकको भरमा ग्रामीण क्षेत्रका उपचार केन्द्रहरुले सेवा दिँदै आएका छन् ।

नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले सबै क्षेत्रमा चिकित्सक पर्याप्तता नरहेको बताउनुभयो । सरकारले सेवा मात्रै खोज्ने र गुणस्तरीय सेवामा ध्यान नदिने गरेको उहाँको भना

आँखा क्षेत्रमा नेत्र विशेषज्ञहरुको जनसङ्ख्याका आधारमा निकै कम रहेको जनाउँदै उहाँले यस क्षेत्रमा पनि दरबन्दी बढाएर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्छ ।”

प्रतिक्रिया