February 23, 2025, 2:41 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न मन्त्रालयको आग्रह

साउन २४, २०८१ मा प्रकाशित | ११७०दर्शक तीव्रखबर

 

काठमाडौं,  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

डेंगीको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेंगी रोगको संक्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेंगी संक्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया