September 19, 2024, 3:52 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग

साउन २३, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

विराटनगर । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले दुईवटा डुङ्गा (नाउ) सञ्चालनमा आएका छन् ।

११ वर्षअघि निर्माण सम्पन्न भएको पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग गर्न थालिएको हो । वर्खायाम सुरु हुनासाथ हुलाकी राजमार्ग हुदै झापा जाने र आउने यात्रुले सास्ती व्यहोर्नु पर्छ । यो पुल आकासको फल आखा तरेर मर भनेजस्तै भएको छ । खोलामा पुल छ तर प्रयोग गर्न सम्भवै छैन् ।

मोरङको रतुवामाई, सुनवर्षी, रंगेली क्षेत्रका मानिस भद्रपुर जानुपरे भारतको बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता छ । भारतीय बाटोबाट जाँदा ३० किलोमिटर यात्रा गर्नुपर्छ, जसका लागि करिब १ घण्टा लाग्छ । हाल खोलामा डुङ्गा चल्न थालेपछि मोटरसाइकलको ७० रुपैँया र साइकलको ३० रुपैँया लिने गरिएको स्थानीयले बताए । हाल दैनिक ३ सय देखि ५ सय जनासम्म दैनिक डुङ्गाको प्रयोग गरेर आवत जावन गर्ने गरेका छन् ।

हुलाकी राजमार्ग प्रयोग गर्नेलाई सहज हहोस भनेर २०६५ सालमा सिलान्यास गरिएको सो पुल २०७२ सालमा निर्माण सम्पन्न भएको हो तर बाढीका कारण पुलको दुवै साइड बगाएको छ र पुल खोलाको बिचमा रहेको छ । उक्त पुल १० करोड ४१ लाख ९४ हजार ९२८ रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो । पुल प्रयोगमा नआएपछि राज्यको करोडौँ रकम बलुवामा पानी भएको छ । निर्वाचनका बेला रतुवा खोलाको पाता फर्काउछु भनेर भाषण गर्ने नेताहरू जनताको सास्तीमा देखै नपरेको पिडितहरूको गुनासो छ ।

प्रतिक्रिया