September 19, 2024, 1:14 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

नेप्सेमा रेकर्ड गिरावट, २३ अर्ब ३१ करोडको कारोबार

साउन २२, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौँ । नेप्से परिसूचकमा १४५ अंकको ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो ।

आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७  कित्ता शेयर २ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ ।

आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडसहित सात कम्पनिको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ बराबरको १६ लाख १६ हजार ४३१ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया