February 22, 2025, 6:41 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

‘करुणा’ पुस्तक ल्याएकी पत्नी राधिकालाई प्रधानमन्त्रीको बधाई

फाल्गुन ९, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यले लेखेको दोस्रो पुस्तक ‘करुणा’ शनिबार सार्वजनिक हुने भएको छ । भोलि दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा पुस्तक लोकार्पण गरिने भएको छ ।

प्रधानमन्त्री ओलीले राधिकाको दोस्रो पुस्तक ‘करुणा’ आफ्नो हात परेको र साह्रै राम्रो लेखेको भन्दै बधाई र शुभकामना दिएका छन् । ‘अस्ति राधिकाको दोस्रो किताब ‘करुणा’ हात पर्‍यो। एकदमै राम्रो लेखेकी रहिछिन्, निकै रोचक लाग्यो। भोलि १२ः३० बजे राष्ट्रिय सभागृहमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ । राधिकालाई बधाई, धेरै धेरै शुभकामना,’ ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।
राधिका शाक्यले यसअघि ‘मेरो अनुभूति’ भन्ने पुस्तक लेखेकी थिइन् । जसमा ओलीसँग साथमा रहँदा एमाले नेताहरुको चरित्र र विचार समेटिएको थियो । जसले एमाले नेताहरुमा तरंग सार्वजनिक गरेको थियो । ‘करुणा’ मा भने सामाजिक कार्यमा सहभागिता हुँदाका विषय समेटिएको बुझिएको छ ।

प्रतिक्रिया