September 19, 2024, 4:43 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

ललितपुर धापाखेलबाट हराएका युवक एक महिनासम्म भेटिएनन्

साउन २०, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं, । ललितपुरको धापाखेलबाट एक महिनाअघि हराएका युवक अझै फेला परेका छैनन् ।

सिरहाको कल्याणपुर नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका-२३ धापाखेल बस्दै आएका २० वर्षीय अरुणकुमार शर्मा २५ असारमा बेपत्ता भएका थिए ।

त्यस दिन राति ७ बजेदेखि परिवारको सम्पर्कमा नरहेपछि खोजीका लागि प्रहरीमा खबर गरे पनि अहिलेसम्म नभेटिएका उनका छिमेकी दाजु प्रमोद साहले बताएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले साहको खोजी भइरहे पनि अवस्था पत्ता लाग्न नसकेको बताएका छन् ।

शर्मा राति ७ बजेतिर साथीको कोठामा जान्छु भनेर आफ्नो कोठाबाट निस्केका थिए । त्यसपछि साथीको कोठामा पुगेको समेत पत्ता लागेको छ । तर त्यहाँबाट आफ्नो कोठामा फर्किन्छु भनेर निस्केपछि बेपत्ता भएको जानकारी पाएको एसपी सुवेदीले बताए ।

बेपत्ता युवकको मोबाइलसमेत स्वीच अफ रहेकाले खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया