February 23, 2025, 9:49 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सौर्य एयर विमान दुर्घटनाका घाइते पाइलट शाक्य डिस्चार्ज हुँदै

साउन १७, २०८१ मा प्रकाशित | १०५०दर्शक तीव्रखबर

काठमाडौं । काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् ।

गत साउन ९ गतेदेखि उनको काठमाडौंको  सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ ।

काठमाडौंबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो । सो विमान दुर्घटना हुँदा जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो ।

प्रतिक्रिया