February 23, 2025, 6:21 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

दुई मन्त्रालयका लागि ७० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

साउन १६, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

काठमाडौं : सरकारले दुईवटा मन्त्रालयका लागि ७० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले यसबारे जानकारी गराएका हुन्।

उनका अनुसार महिला बालबालिका तथा  ज्येष्ठ नागरिका मन्त्रालयअन्तर्गतका कार्यालय तथा कार्यक्रमहरूका लागि आर्थिक वर्ष  २०८१/८२ का लागि आवश्यक राजपत्रांकित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तरगतका  लागि आर्थिक वर्ष २०८१/८२ का लागि राजपत्रांकित श्रेणी वा सो सरहका ५९ अस्थायी दरबन्दी  स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया