February 23, 2025, 2:17 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

टिकटकको मुख्यालयका ६० कर्मचारीलाई फुड प्वाइजन

साउन १६, २०८१ मा प्रकाशित | १०८०दर्शक तीव्रखबर

काठमाडौँ । टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खानामा विषाक्तता ( फुड प्वाइजन) का कारण बिरामी परेका छन् ।

मिडिया रिपोर्टका अनुसार मंगलबार ६० जनामा ​​पेटसम्बन्धी समस्या देखिएको छ, जसमध्ये ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको । बाइट डान्स कम्पनीले पनि कर्मचारी बिरामी परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

बाइट डान्सको कार्यालयमा तेस्रो पक्षले खाना आपूर्ति गर्ने स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । स्थानीय मिडियाका अनुसार घाइतेहरुको उपचारका लागि १७ एम्बुलेन्स पठाइएको थियो ।

बाइटका प्रवक्ताले कर्मचारीहरूको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गर्दै प्रभावित कर्मचारीको सहयोग गर्न तत्काल कदम चालेको बताएका छन् । उनले यस विषयमा अनुसन्धान गरिरहेको र सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको बताएका छन् ।

प्रतिक्रिया