September 20, 2024, 2:40 am
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

सशस्त्र प्रहरीको सरुवा-बढुवामा चाकडी र चाप्लुसी बन्द

साउन १६, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं,। स्थापनाकालदेखि नै देश र नागरिकको भरोसा योग्य संगठनको छवि बनाएको सशस्त्र प्रहरी बल नेपालले संगठन प्रमुखहरु पनि एक दुई जनालाई अपवादमा छाड्ने हो भने काविल नै पायो ।

वर्तमान संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल पनि काविल अफिसर हुन् कि संगठनको हितविरुद्ध जाने जो–कोहीलाई उनी क्षमादान दिन सक्दैनन् ।

संगठनका जुनसुकै तह र तप्कामा रहँदा संगठनका सदस्यहरुले गर्व गर्न लायक काविल अफिसरको छवि बनाएका महानिरीक्षक राजु अर्यालको काँधमा जब संगठनको नेतृत्व आयो तब सशस्त्र प्रहरी बल नेपालमा देखिने गरी संगठन सुधारको काम  हुँदै गएको सशस्त्र प्रहरी बल नेपालका कार्यालय सहयोगीदेखि एआईजीसम्मले गर्बका साथ बताउने गरेका छन् ।

कतै शक्ति केन्द्र धाएर केही समयका लागि मात्र भए पनि नेतृत्व हत्याउन पाइन्छ कि भनेर गोप्य रुपमा शक्ति केन्द्र धाउनेहरु पनि महानिरीक्षक अर्यालका अगाडि ‘चु’ सम्म गर्नु सक्दैनन्, किनकि उनी आफ्नै सेवा अवधि छोट्याएर भए पनि तलका बढुवाहरु सकेसम्म छिटो हुनुपर्छ भन्ने मान्यता राख्ने संगठन प्रमुख हुन् ।

सरुवा बढुवा पारदर्शी हुनुपर्छ भन्ने सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सरुवा बढुवासम्बन्धी सशस्त्र प्रहरी बलको आचार संहिताविपरीत जाने जो कोहीलाई स्पष्टीकरण सोध्ने प्रावधानलाई कडाइका साथ लागू गराएका छन् ।

आचार संहिताविपरीत सरुवा–बढुवाका लागि अघिल्लो सरकारका पालामा प्रधानमन्त्रीस्तरबाट समेत दबाब आउन थालेपछि संगठनले अघिल्लो महिना डीआईजी, एसएसपी, एसपी, डीएसपी र इन्स्पेक्टरलाई स्पष्टीकरण सोधिसकेको छ ।

आचार संहिताविपरीत विभिन्न शक्ति केन्द्रबाट दबाब दिन लगाएमा उनीहरुको कार्य सम्पादन मूल्यांकन नम्बरसमेत कटौती गर्ने गरी कारबाही गर्ने प्रक्रिया सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अघि बढाएका छन् ।

सुरक्षा निकायभित्र राजनीतिक भेटघाटलाई आवश्यकताबाहेक आफ्नो स्वार्थपूर्तिका निम्ति निषेध गरिएको हुन्छ । स्पष्टीकरणमा दलका नेताहरु भेट्नुको उद्देश्य के हो ? उनीहरु कुन तहका नातेदार हुन् कि होइनन् ?

साथी हुन् भने उनीहरुसँगको भेटघाटले संगठनसम्म किन भनसुन गरिएको हो ? लगायतका प्रश्न सोध्ने गरिएको छ । भेटघाट गर्नु पर्ने भए संगठनबाट आदेश लिनुपर्ने, कुटनीतिक भेटघाट भए परराष्ट्र मन्त्रालयबाट आदेश लिनुपर्ने सशस्त्र प्रहरी बल नेपालको आचार संहितामा उल्लेख छ ।

सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सरकारी कामकाजको प्रयोजनमा गर्नुपर्ने भेटघाट तथा सम्पर्कका लागि सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीका नाममा जारी रमानापत्र, तोक आदेशको पत्र साथमा लिई जानुपर्नेछ, आचार संहितामा भनिएको छ ।

यो आचार संहिताको स्थायी आदेश सशस्त्र प्रहरी बलले २०७९ सालमा नै कार्यान्वयनमा ल्याइसकेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालले बाह्य भनसुनभन्दा संगठनका सदस्यहरुको गुनासो, पीरमर्का संगठनभित्रै सुनिनुपर्छ र ती गुनासो, पीरमर्काको उचित निरुपण हुनुपर्छ भन्ने मान्यतालाई पनि कडाइका साथ लागू गरेका छन् ।

अहिले आन्तरिक गुनासो र पीरमर्का सुन्ने दुई वटा हटलाइन चौबीसै घण्टा सुचारु छन् ।

त्यसमा अहिलेसम्म सात सय हाराहारी गुनासो र पीरमर्का आएकोमा ती सबैको सम्बोधन र निरुपण भइसकेको बताइएको छ ।

गृह मन्त्रालयले समेत कसैलाई भेट्नैपर्ने भए विज्ञप्ति जारी गरेर सचेतसमेत गराइसकेको राष्ट्रवाणी साप्ताहिकमा उल्लेख छ ।

सशस्त्र प्रहरीको बर्दीलाई नागरिकले मनैदेखि सलाम गरुन् भन्ने मान्यतामा अडिग राजु आर्यालले नेतृत्व सम्हालेपछि इमानदारलाई बर्दीको भर र बेइमानलाई बन्दूकको डर भन्ने नारा स्थापित हुँदै गएको छ ।

संगठनमा आर्थिक पारदर्शितालगायत सानादेखि ठूलासम्म सुधारका काम थालेका महानिरीक्षक आर्यालको बाँकी कार्यकालमा संगठनका सदस्यले मात्र होइन, देश र आमनागरिकले गर्व गर्न लायक सशस्त्र प्रहरी बल नेपाल बन्नेछ भन्ने अपेक्षाचाहिँ अहिलेलाई गरौं ।

प्रतिक्रिया