February 23, 2025, 2:08 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

गोरखा पहिरो : चार जनाको शव भेटियो, एक जना अझै बेपत्ता

साउन १४, २०८१ मा प्रकाशित | १०७०दर्शक तीव्रखबर

काठमाडौं : गोरखाको धार्चे गाउँपालिका-५, रेसेफाँटमा पहिरोमा पुरिएका पाँच जनामध्ये चारको शव फेला परेको छ। एक जना अझै बेपत्ता छन्। बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेका थिए। पहिरोमा पुरिएकारहरूको खोजी कार्य गरिएको थियो। हराइरहेका थप १ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उनीसहित ३५ वर्षीया कान्छी गुरुङ,  ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए।

प्रतिक्रिया