February 23, 2025, 2:52 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

हाम्रो पार्टी कांग्रेस-एमालेको टार्गेटमा पर्‍यो : रवि लामिछाने

साउन १४, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस-एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै लामिछानेले पछिल्लो समय सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस-एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको टार्गेटमा परेको आभास भएको बताए।

संसद्को पछिल्लो गतिविधिले मुलुकको लागि आवश्यक रहेको दल नै रास्वपा हो भन्ने पुष्टि हुँदै गएको उनले बताए। लामिछानेले आफू केही समय नबोलौं भनेर चुप लागेर बसेको भए पनि पछिल्लो समय सदनमा आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्नुपर्ने अवस्था आएको बताए। भ्रष्टाचारको फाइल खुल्ने विषयमा आफूलाई जस नचाहिएको उनले बताए।

प्रतिक्रिया