February 23, 2025, 2:32 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

सांसद डाँगीको प्रधानमन्त्रीलाई प्रश्न-१५ दिनमा टियु क्रिकेट मैदान कति बन्यो ?

साउन १४, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निशा डाँगीले कीर्तिपुरस्थित क्रिकेट मैदानको भौतिक प्रगति बारे संसदमा प्रश्न उठाएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै डाँगीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार गठन भएको १५ दिन बितिसकेको भन्दै टियु क्रिकेट मैदानको भौतिक प्रगति सोधेकी हुन् ।

उनले सरकारले क्रिकेट मैदान निर्माण गर्ने भनेर निर्णय गरेको १५ दिन बितिसकेको भन्दै आजसम्म ५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने बताइन् । डाँगीले सरकारलाई सदनप्रति जबाफदेही बन्न आग्रह गर्दै डाँगीले समाचारका लागि बोल्ने र देखाउनका लागि घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्न माग समेत गरिन् ।

उनले भनिन्- ‘म सभामुखमार्फत प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कीर्तिपुर क्रिकेट मैदानको भौतिक प्रगति के कति भइरहेको छ सोध्न चाहन्छु र उक्त खेल मैदान निर्माणको प्रगति विवरण प्रधानमन्त्री ज्यु आफैले अथवा खेलकुद मन्त्रीले सदनमा प्रत्येक महिना प्रस्तुत गर्नको लागि माग राख्दछु ।’

प्रतिक्रिया