November 22, 2024, 2:04 pm
» तीन देशका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहोदाको प्रमाणपत्र » लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी » नयाँ बसपार्कमा कार्यान्वयन भएन मेयर बालेनको निर्णय » जोशीलाई बयान सकेर पोखरा फर्काइयो » सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो: मुख्यमन्त्री पाण्डे

संसदीय सुनुवाई समितिको बैठक आज बस्दै, प्रस्तावित आयुक्त प्रधानबारे निर्णय लिने

साउन १४, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज बस्दै छ ।

संसदीय सुनुवाइ समितिका सचिवसमेत रहेका संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेगरी बोलाएको जानकारी दिएका छन् ।

यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ । यसअघि उनको समितिमा बुधबार सुनुवाइ गरिएको थियो ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संबैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको अवस्थामा समितिले आज निर्णय लिन लागेको छ ।

प्रतिक्रिया