February 28, 2025, 5:39 am
» नेमकिपाको महाधिवेशन आजदेखि, विजुक्छें नै होलान् त अध्यक्ष ? » ७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ » ग्याल्पो ल्होसार सम्पूर्ण नेपालीहरूमा समुन्नतिको वर्ष बनोस्- देउवा » उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै » रुस र युक्रेनको युद्ध अन्त्य गर्न अमेरिका र बेलायत सहमत

५५ बर्षिया ‘बुलेट आमा’ को सहासलाई काठमाडौँ महानगरको सम्मान

फाल्गुन १५, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुलेट आमा शुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंशा गरेको छ । आज उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंशा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् ।
त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरेका थिए । यस्तै  प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएका थिए ।
प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु
महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो । उनको भनाइ थियो ।
झापाको बुधबारे बसोबास गर्ने तिवारी ५५ वर्षकी छन् । नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै उनले गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् । नवौँ दिनको मध्यान्नमा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गरेकी थिइन् । विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनले भने, ‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु । यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

प्रतिक्रिया