February 28, 2025, 9:52 am
» कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान » काठमाडौं अवतरण हुन सकेन परराष्ट्रमन्त्री सवार जहाज » च्याम्पियन्स ट्रफी: अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंग गर्ने » ट्रम्पले थप कर लगाउने घोषणा गरेपछि आयो चीनको प्रतिक्रिया » मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति

जिप्रका सिन्धुपाल्चोकले भन्यो– ६.१ रेक्टरको भूकम्पबाट त्यस्तो कुनै क्षति भएको छैन

फाल्गुन १६, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

फागुन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले जिल्लामा कुनै असर नगरेको जनाएको छ ।

जिप्रका सिन्धुपाल्चोकले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य रहेको उल्लेख छ । उनलाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको डिस्चार्ज भइसकेको छ ।

भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ स्थित लुसारेमा सुक्खा पहिरो गएको छ । यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति भएको जिप्रकाले जनाएको छ । भूकम्पबाट भएकाे सम्भावित क्षातिकाे अवस्था अवलाेकन गर्न सुरक्षाकर्मीलाई अनुगमनमा पठाइएकाे पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया