काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अर्को १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थप कर लगाउँदा दुई देशबीचको वार्तामा गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले यस अघि आफ्नो कार्यकाल शुरु गर्ने बित्तिकै चीनमाथि १० प्रतिशत शुल्क लगाएका थिए । ट्रम्पको आदेशपछि चिनियाँ आयातमा पहिले नै १० प्रतिशत भन्सार लगाइएको थियो ।
ट्रम्पले बिहीबार चीन र मेक्सिकोमा २५ प्रतिशतसम्मको भन्सार लगाउन सक्ने बताएका छन् । यी बढेका करहरू मार्च ४ बाट लागू हुन सक्ने समेत बताइएको छ ।
यसबाहेक, चीनको विदेश मन्त्रालयले पनि उइघुर मुस्लिमहरूको बारेमा अमेरिकाको बयानलाई अस्वीकार गरेको छ । अमेरिकाले चीनले उइगर मुस्लिमहरूमाथि नरसंहार गरिरहेको बताएको थियो । यसको जवाफमा चीनको विदेश मन्त्रालयले अमेरिकाको आरोप ‘शताब्दीको सबैभन्दा ठूलो झूट’ भएको बताएको छ ।
चीनको विदेश मन्त्रालयले राजनीतिज्ञहरूले सिनजियाङको बारेमा ‘झूट फैलाउन बन्द गर्नुपर्छ’ भनेको छ ।
प्रतिक्रिया