February 28, 2025, 10:18 am
» जनतामा निराशा किन बढ्यो भन्ने प्रश्नमा गगन थापाले के भने ? » स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन » कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान » काठमाडौं अवतरण हुन सकेन परराष्ट्रमन्त्री सवार जहाज » च्याम्पियन्स ट्रफी: अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंग गर्ने

७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ

फाल्गुन १६, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौं – पर्सा प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका-४ भथौराका १९ वर्षीय अर्जुन महतो र वडा नम्बर १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन्।
उनीहरूलाई बुधबार पर्साका अलग-अलग ठाउँबाट गाँजासहित पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
मिश्रका अनुसार बुधबार १ बजे जिराभवानी गाउँपालिका-३ जितपुरस्थित सडकखण्डबाट महतो समातिएका हुन्। नौकाटोलबाट जितपुरतर्फ आउँदै गरेका पैदलयात्री महतोले दुबै हातमा प्लाष्टिकका झोला बोकेका थिए।
‘इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले महतोले बोकेको दुई झोलामा २३-२३ किलो गाँजा बरामद गरेको हो,’ मिश्रले भने।
सोही दिन पटेर्वासुगौली गाउँपालिका गाउँपालिका-१ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको सडकखण्डबाट अन्सारी समातिएका थिए।
भाठा मन्दिरबाट सिकारी बासस्थान आउँदै गरेका अन्सारीले तीन वटा पोका बोकेका थिए। इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र निकुञ्जस्थित जबुज गण सुरक्षा पोस्ट भाठाको टोलीले अन्सारीलाई ३० किलो गाँजासहित पक्राउ गरेको थियो।
पक्राउ परेका दुबै जनालाई प्रहरीले हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

प्रतिक्रिया