February 28, 2025, 9:51 am
» कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान » काठमाडौं अवतरण हुन सकेन परराष्ट्रमन्त्री सवार जहाज » च्याम्पियन्स ट्रफी: अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंग गर्ने » ट्रम्पले थप कर लगाउने घोषणा गरेपछि आयो चीनको प्रतिक्रिया » मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

फाल्गुन १६, २०८१ मा प्रकाशित | २३०दर्शक तीव्रखबर

काठमाडौं । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका हुन ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।
काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा उपस्थित हुनेछन् ।
सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया