February 23, 2025, 1:47 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

प्युठानमा मृत फेला दम्पतिको हत्या भएको खुलासा

फाल्गुन ११, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

प्युठान । प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीमा मृत फेला परेका दम्पत्तीको हत्या भएको खुलेको छ ।
प्यूठानका प्रहरीले परियार दम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।
६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय  श्रीमति हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए ।  फागुन ९ गते राती घरमा खान खाई सुतेका उनीहरुको बिहान अबेरसम्म नउठे पछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको छ । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ । उनीहरुका चार छोराहरु भारतमा रहेको र  छोरीहरुको विवाह भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया