February 23, 2025, 11:18 am
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

फ्रान्सको मिलोस शहरमा चक्कु प्रहार: एक जनाको मृत्यु, दुई प्रहरी घाइते

फाल्गुन ११, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

काठमाडौँ । पूर्वी फ्रान्सको मिलोस शहरमा छुरा प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने दुई प्रहरी गम्भीर घाइते भएका छन् ।
घटनास्थलबाट ३७ वर्षीय अल्जेरियन पुरुषलाई पक्राउ गरिएको छ। उनीविरुद्ध आतंकवाद मुद्दाको अनुसन्धान सुरु गरिएको छ । शंकास्पद व्यक्तिले दुई प्रहरीलाई गम्भीर घाइते बनाएको बताइएको छ । एक प्रहरीको घाँटीमा र अर्कोको छातीमा चोट लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यसैबीच, घटनामा हस्तक्षेप गरेका ६९ वर्षीय पोर्चुगिज पुरुषलाई चक्कुको चोटका कारण मृत्यु भएको छ ।
संदिग्ध व्यक्ति आतंकवाद निगरानी सूचीमा भएकोले उनलाई देश निकाला गर्न आदेश दिइएको थियो । राष्ट्रपति इमानुएल म्याक्रोंले घटनामा प्रतिक्रिया दिदै यो आतंकवादी हमला थियो भन्नेमा कुनै शंका नरहेको बताएका छन् ।
यो घटना प्रजातान्त्रिक गणतन्त्र कंगोको समर्थनमा भएको प्रदर्शन नजिकै भएको थियो, जहाँ प्रहरी अधिकारीहरू गस्तीमा थिए ।

प्रतिक्रिया