February 23, 2025, 9:54 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सशस्त्रका एसपी हुमागाईंको कार्यकालमा सफल, चौतर्फी उपलब्धी

फाल्गुन ४, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

रौतहट – सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) विक्रम हुमागाईंको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटको प्रमुखको रूपमा कार्यकाल सफल भएको जिल्लाबासीले अनुभूति गरेका छन् भने चौतर्फी उपलब्धी देखिएको छ।
एसपी हुमागाईंको एक वर्षे कार्यकालमा अबैध सामान बरामद, हुण्डी कारोबारी पक्राउ, अबैध लागुऔषध कारोबार नियन्त्रणदेखि सामाजिक काममा पनि त्यतिकै योगदान देखिएको छ।
एसपी हुमागाईंले २०८० साल फागुन ६ गते जिल्लाको कमाण्ड सम्हालेका थिए।
उनको कार्यकालमा कुल ५ करोड, ६६ लाख,४१ हजार, ८८४ बराबरको अबैध सामान र सामान ओसार-पसारमा प्रयोग गरिएको २ थान पिकअप, १ थान सफारी, १ थान बोलेरो, १ थान भ्यान, १ थान अटो रिक्सा, १७२ थान मोटरसाइकल र ३३ थान साइकल बरामद भएको थियो। उक्त रकम र सामान आवश्यक कारबाहीको लागि सम्बद्ध निकायमा पठाइएको थियो।
सोही अवधिमा हुण्डी कारोबारीबाट ४९ लाख,१४ हजार ७४० रुपैयाँ, जिल्लाको बिभिन्न स्थानबाट २ थान सेमी अटो पेस्तोल, ४ थान नलकटुवा पेस्तोल, १५ थान गोली विभिन्न स्थानबाट बरामद गरी नेपाल प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।
त्यसैगरी, सशस्त्र प्रहरीले भारतीय सीमा क्षेत्र हुँदै आउने-जाने मानिसमाथि निगरानी बढाएर नशालु ट्याब्लेट डाइजेपाम २२ सय ७८ ट्याब्लेट, नाइट्राभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु इन्जेक्सन ६०६ एम्पुल, प्रोमेथआजिन नशालु इन्जेक्सन १७९८ एम्पुल, फेनारगन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
लागुऔषध, तस्करी, हातहतियार, हुण्डीलगायत बिभिन्न गैरकानुनी क्रियाकलाहरूमा संलग्न ३९ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको थियो।
सशस्त्र प्रहरीका एसपी हुमागाईंको सहभागितामा विभिन्न मितिमा जिल्लाको ईशनाथ नगरपालिका-७ घिउरामा सरस्वती पूजाको मूर्ति बिसर्जन, वडा ६ महाबिरी झण्डा, राजापुर कुडिया दाहा मेलामा दुई समुदायबीचको विवाद शान्तिपूर्ण मिलाइएको थियो।
गरुडा-शिवनगर बर्थिङ सेन्टरमा आगजनीको घटनामा अप्रिय हुन नदिएको,पर्रोहा-९ खापमा शिवममणि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरी भाग्दै गरेका तीन जना भारतीय अपराधी पक्राउ, दुई थान पेस्तोल बरामद गरिएको थियो।
त्यस्तै, गत वर्ष अविरल बर्षा र बाढीबाट भएको डुबानमा ४९३ जनशक्ती परिचालन गरी १२३ जना सकुशल,९ जना घाइतेको उद्धार र चार जना मृत फेला पारेको थियो। जिल्लाको विभिन्न स्थानमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १५ सय भन्दाबढी बिरामी लाभान्वित भएका थिए।
एसपी हुमागाईंको सक्रियतामा पटक-पटक सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको आयोजना गर्नुका साथै विभिन्न समयमा २५१ वटा जनचेतनामुलक कार्यक्रम गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
गत माघ ३० गते एसपी हुमागाईं विभागीय नियमानुसार रौतहटमा आफ्नो कार्यकाल पूरा गरी सरुवा भएर रवाना भएपछि हाल एसपी सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्।
एसपी हुमागाईं यहाँबाट सशस्त्र प्रहरी बल बराहा बाहिनी सुनसरी रवाना भएका थिए। -सञ्जय मिश्रा

प्रतिक्रिया