February 24, 2025, 1:34 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ

फाल्गुन २, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं – पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका-२ का सन्तोष साह रहेका छन्।
साहलाई फरार प्रतिवादी खोजीको सिलसिलामा बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।
खतिवडाका अनुसार साहले श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट गरी शम्भुनाथ नगरपालिका-२ ट्राफिक चोकदेखि चार सय मिटर पूर्वमा फालेका थिए। भोलिपल्ट स्थानीयले फेला पारेर गायत्रीलाई युनिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो।
त्यसयता सन्तोष फरार रहेका थिए। खतिवडाका अनुसार गायत्री र सन्तोषको बिहे २०७६ साल जेठ २६ गते भएको थियो। बिहेपछि दुबै जनाबीच पटक-पटक विवाद हुँदै आएको थियो।
जिल्ला अदालत राजविराजले सन्तोषलाई कर्तव्य ज्यानमुद्दामा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

प्रतिक्रिया