February 23, 2025, 2:35 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भयो : सुमना श्रेष्ठ

माघ २८, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं – रास्वपा सांसद सुमना श्रेष्ठले राजनीतिक थिचोमिचोका आधारमा एक जना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा श्रेष्ठले प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भएको र राजनीतिक थिचोमिचोका आधारमा आइतबार राती एक जना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाएकी हुन् ।

प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शङ्का नगर्नुस् भन्ने गृहमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनले बताइन् । राजनीतिक हस्तक्षेप नहोस् भनेर प्रहरी विधेयकमा संशोधन ल्याएको भन्दै उनले ऐन पारित भएपछि मात्रै राम्रो नियत देखाउनुपर्ने हो भन्दै गृहमन्त्रीलाई प्रश्न गरिन् ।

त्यस्तै सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १८ माघमा आगलागी भई २१ गते निभाएको सुनाउँदै हाइड्रोपावरका कारण आगलागी भएकाले कानुनी कारबाहीको माग गरे ।

त्यस्तै सांसद अब्दुल खानले माघ २६ गते कैलालीको बदैगोरिया गाउँपालिकामा एक किशोरीको बलात्कार भएको उल्लेख गर्दै दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गरेका थिए ।

प्रतिक्रिया