February 23, 2025, 3:14 pm
» पाथीभरामा केवलकार नबन्दैमा केही बिग्रदैन : मनोज गजुरेल » ठमेल, सोह्रखुट्टे र गौशाला क्षेत्रबाट सात जना बंगलादेशी पक्राउ » पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ

प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन् : प्रचण्ड

माघ २८, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं। माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान नै खारेज गर्न चाहेको आरोप लगाएका छन्।

सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीले संविधान खारेज होस् र अहिले परिवर्तन सबै बर्वाद होस् भन्ने चाहेको बताएका हुन्। ‘उहाँ (ओली) ले त आन्दोलन परिवर्तन सबै बर्वाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि हाम्रो अहिलेको प्रधानमन्त्री त,’ अध्यक्ष प्रचण्डले भने ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा दुई/दुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजी नै रहेको उनको दाबी छ। वर्तमान सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने पनि उनले ठोकुवा गरे।

जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशमा समर्थन गर्न नहुने प्रचण्डको तर्क छ। प्रक्रियाको दृष्टिकोणले पनि र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषयमा आएको अध्यादेश गलत रहेको उनले बताए।

‘सदनमा अध्यादेश प्रस्तुत भएका छन्, तर ती रोकिएर बसेका छन्। तपाईंहरुले राष्ट्रिय सभाको स्थिति बुझिराख्नु भएकै होला। त्यहाँ अहिले अगाडि बढ्न सकिराखेको स्थिति छैन । सरकारले सदन बोलाउनुपर्ने बेलामा गलत नियतले अध्यादेश ल्यायो। प्रक्रियाको दृष्टिकोणले पनि र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ। त्यो कुराको बारेमा सदनमा पनि मैले प्रष्ट भनेको छु, हाम्रो दलको तर्फबाट र बाहिर पनि,’प्रचण्डले भने।

वर्तमान सरकार सरकार जनताको पक्षमा, राष्ट्रको पक्षमा र सुशासनको पक्षमा काम गर्न नबनेको प्रचण्डको दाबी छ। भ्रष्टाचारको विरुद्ध तत्कालीन सरकारले चलाएको अभियानलाई रोक्नका वर्तमान सरकार बनेको उनले दाबी गरे।

प्रतिक्रिया