February 23, 2025, 6:33 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

३५ वर्षमा कांग्रेस-एमालेले देशको विकासका लागि कतिपटक अध्यादेश ल्याए? : प्रचण्ड

माघ २४, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले नै संसदलाई अवमूल्यन गरेको आरोप लगाएका छन्। उनले सरकारले संसदलाई छल्न खोजेको समेत आरोप लगाए।
बिहीबार संसदमा विशेष समय लिएर बोल्दै दाहालले सरकार संसद अधिवेशनबाट मात्र पन्छिएको मात्रै नभएर अध्यादेश ल्याएर सार्वभौम संसदको उपेक्षा गर्न अग्रसर भएको बताए।
‘पछिल्लो ३५ वर्ष कांग्रेसले १२ पटक, एमालेले सात पटक सरकार चलाएको देखिन्छ, देशको विकास छ दिन ढिलो हुने भो भनेर ल्याउनुभएको हो अध्यादेश? ३५ वर्षसम्म त देशको विकासका लागि ल्याउनुभएन, चमत्कार गर्न खोज्नुभएको हो?,’ उनले प्रश्न गरे।
रातारात अध्यादेशको चोरबाटोले भन्छ सत्तापक्षको नियत सही छैन भन्ने देखाएको दाहालले बताए। ‘बलियो सरकारको अहंकार सुन्नुपरेको छ, शासन अध्यादेशबाट गर्न खोज्ने?,’ उनले भने।
सरकारको अविश्वास विपक्षी सांसदले मात्र नभएर सत्तापक्षकै सांसदबाट अभिव्यक्त भएको उनले दाबी गरे।
‘विकासको लागि हुन्थे भने संसदीय दलमा भएका ठूला विधेयकमा छलफल गर्न सरकार किन डरायो? स्वार्थ समूहलाई पोस्नुपर्ने भएरै अध्यादेश ल्याएको हो भनेर किन आरोप नलगाउने?,’ उनले प्रश्न गरे।

प्रतिक्रिया