February 23, 2025, 7:13 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

बाबुरामको राजनीतिक प्रस्ताव सचिवालयबाट स्वीकृत

माघ २३, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौँ, ।नेसपा (नयाँ शक्ति) को केन्द्रीय सचिवालयले पार्टी अध्यक्ष डा। बाबुराम भट्टराईको राजनीतिक प्रस्ताव स्वीकृत गरेको छ।बुधबार (आज) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष भट्टराईको ‘नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकको प्रस्ताव स्वीकृत गरेको हो।

प्रस्तावमा नयाँ युगको नयाँ चुनौती र सम्भावना, नयाँ युगमा नेपालको अवस्था, नेपालमा वैकल्पिक राजनीतिका प्रमुख कार्यभार, वैकल्पिक पार्टीको संगठनात्मक सिद्धान्त, संरचना र आधारहरू, पार्टीको तत्कालीन कार्ययोजनालगायतका विषय समेटिएका छन्।

नयाँ शक्तिको पहिलो महाधिवेशन आगामी माघ २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ।

प्रतिक्रिया